आजका तस्बिरः कात्तिक १२
आजका तस्बिरः कात्तिक १२
सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटरेस ।  आइतबार बिहान १ बजे काठमाडौं आइपुगेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बीच भेटवार्तापछि र पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिरः कात्तिक १२
सम्बोधन गर्दै गुटरेस ।  सिंहदरबारमा पत्रकारहरूलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिरः कात्तिक १२
राष्ट्रपतिसँग गुटेरसको भेटवार्ता ।  नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्दै। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिरः कात्तिक १२
गुटेरस र देउवाबीच भेटवार्ता ।  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिरः कात्तिक १२
गुटरेस र ओलीबीच भेटवार्ता ।  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस र नेपाली एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिरः कात्तिक १२
गुटरेसलाई उपहार ।  नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसलाई सभामुख देवराज घिमिरेले उपहार दिएका छन्। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिरः कात्तिक १२
कहीँ नभएको जात्रा हाडीगाउँमा ।  हाडिगाउँमा जात्रा सम्पन्न भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भनेर उखानमा समेत प्रख्यात यो जात्रामा बनाइएको रथको बनावट अरु रथको भन्दा फरक हुन्छ। तस्बिरः निशा भण्डारी/सेतोपाटी
आजका तस्बिरः कात्तिक १२
राधेउ धाम देउताकाे लिंगो उभाउँदै ।  जुम्लाकाे हिमा गाउँपालिका- ३ स्थित माेफ्लामा रहेको राधेउ धाम देउताकाे लिंगो उभाउँदै स्थानीय। तस्बिर: विजय रावत / रासस
आजका तस्बिरः कात्तिक १२
माझीकुना ।  पोखरा महानगरपालिका-३१ बेगनास ताल किनारमा अवस्थित माझीकुना । घुमफिरसँगै माछाका परिकारका लागि माझीकुना प्रख्यात छ । तस्बिर : रामबहादुर थापा/रासस
प्रतिक्रिया दिनुहोस्