आजका तस्बिर- कात्तिक १४
आजका तस्बिर- कात्तिक १४
बेवारिसे सवारी साधनका चाङ ।  काठमाडौंका प्रहरी कार्यालयअघि सयौं थान मोटरसाइकल बेवारिसे अवस्थामा खिया लागेर बसेका छन्। राख्ने ठाउँ नहुँदा एकअर्कामाथि खप्टाएर राख्नुपर्ने अवस्था आएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- कात्तिक १४
राष्ट्र संघका महासचिवको अभिवादन ।  मंगलबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्नुअघि सांसदहरूलाई अभिवादन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- कात्तिक १४
फोटो खिचम्! ।  ललितपुरको जावलाखेलमा फूल प्रदर्शनीमा फोटो खिचाउँदै अवलोकनकर्ता। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- कात्तिक १४
आहारा कुरेर बसेका हुटिट्याउँ चरा ।  दाङको घोराही उपमहानगरपालिका–४ डाँडागाउँस्थित कटकैया तलाउमा आहारा कुरेर बसेका हुटिट्याउँ चरा। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- कात्तिक १४
कुहिरोले ढाकिएको टाक्राङ गाउँ ।  कुहिरोले ढाकिएको तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित टाक्राङ गाउँ। तस्बिर:कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- कात्तिक १४
माछापुच्छ्रे हिमाल ।  पर्यटकीय नगरी पोखराबाट देखिएको माछापुच्छ्रे हिमाल । तस्बिर: रामबहादुर थापा/रासस
प्रतिक्रिया दिनुहोस्