आजका तस्बिर- कात्तिक १८
आजका तस्बिर- कात्तिक १८
पर्यटकीय घलेगाउँ ।  समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण क्व्होलासोथर गाउँपालिका वडा नं ३ स्थित पर्यटकीय घलेगाउँ। तस्बिरः जनक श्रेष्ठ/रासस
आजका तस्बिर- कात्तिक १८
भूकम्प प्रभावित क्षेत्रमा खाद्य सामग्री लैजाँदै ।  जाजरकोटमा रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्प प्रभावित क्षेत्रमा पठाउनका लागि तयारी अवस्थामा राखिएको खाद्य सामग्री। तस्बिर: रुपनी जि एम/ रासस
आजका तस्बिर- कात्तिक १८
मनाङको स्वर्गद्वारी पहाड ।  मनाङ ङिस्याङ गाउँपालिका-१ स्थित पिसाङ गाँउ र अन्नपूर्ण पदमार्ग नजिकै रहेको स्वर्गद्वारी पहाड। तस्बिर: नवीन लामिछाने /रासस
आजका तस्बिर- कात्तिक १८
हिमाल हेर्दै पर्यटक ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीबाट धौलागिरि हिमाल अवलोकन गर्दै पर्यटकहरू। घोडेपानीबाट धौलागिरि र अन्नपूर्ण रेञ्चका हिमशृङ्खलाको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ। तस्बिर : सन्तोष गौतम/रासस
आजका तस्बिर- कात्तिक १८
प्रम दाहाल-घाइतेको उद्धार ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जाजरकोटमा गएराति गएको भूकम्पमा परी घाइतेको अवस्थाका बारेमा जानकारी लिँदै। उनले आफैं चढेको हेलिकप्टरमार्फत घाइतेको उद्धार गर्दै। तस्बिर सौजन्य : प्रधानमन्त्री कार्यालय/रासस
प्रतिक्रिया दिनुहोस्