आजका तस्बिर- कात्तिक २०
आजका तस्बिर- कात्तिक २०
मनास्लु हिमालको दृश्य ।  धादिङको निलकण्ठ नगरपालिकास्थित धादिङवेशी आरुघाट सडकखण्डबाट देखिएको मनास्लु हिमालको दृश्य। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- कात्तिक २०
प्रार्थना गर्दै मुस्लिम विद्यार्थीहरू ।  पाल्पाको रामपुर नगरपालिका-४ स्थित इस्लामपुरमा रहेको मदरसा नुरुल हुदा आधारभूत विद्यालयमा अध्ययनरत मुस्लिम समुदायका विद्यार्थीहरू प्रार्थना गर्दै। यस विद्यालयमा विभिन्न जिल्लाका मुस्लिम समुदायका विद्यार्थीहरू अध्ययनरत छन्। तस्वीर: सुशीला रेग्मी/रासस
आजका तस्बिर- कात्तिक २०
बाँध निर्माणका लागि नदी फर्काइँदै ।  तनहुँको ऋषिङ गाउँपालिका–१ मा सोमबार तनहुँ जलविद्युत आयोजनाको बाँध निर्माणका लागि नदी फर्काउने काम गरिँदै। तस्बिरः कृष्ण न्यौपाने / रासस
आजका तस्बिर- कात्तिक २०
रूखमा बसेका चमेरा ।  दाङको घोराही उपमहानगरपालिका–१५ स्थित उपमहानगरपालिकाको कार्यालय परिसरभित्र भएका रूखमा बसेका चमेरा। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- कात्तिक २०
सामान निकाल्न खटिएको सशस्त्र प्रहरीको टोली ।  जाजरकोट सदरमुकामस्थित भेरी नगरपालिका-३ मा भूकम्पबाट भत्किएका संरचना भित्रबाट सामान निकाल्न खटिएको सशस्त्र प्रहरीको टोली। तस्बिर : हेमन्त केसी/रासस
प्रतिक्रिया दिनुहोस्