आजका तस्बिर- कात्तिक २१
आजका तस्बिर- कात्तिक २१
सयपत्री फूल ।  तनहुँको म्याग्दे गाउँपालिका–५ स्थित म्याग्देखोला छेउमा सुसन पौडेलले व्यावसायिक रूपमा गरेको सयपत्री फूल खेतीमा ढकमक्क फुलेको फूल टिप्दै। तस्बिर:कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- कात्तिक २१
झिलिङ्गा तयार गरिँदै ।  तनहुँको घिरिङ गाउँपालिका–५ ध्यानुङ निवासी वीरेन्द्र श्रेष्ठले तिहारका लागि तयार गरेको झिलिङ्गा। उनले तयार गरेको झिलिङ्गा तनहुँको भिमाद, खैरेनीटार, पोखरा, नारायणगढ लगायतका ठाउँमा बिक्री हुने गरेको छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- कात्तिक २१
तोरी खेतीले पहेँलपुर पाखोबारी ।  काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ पार्थली भञ्ज्याङ नजिकैको गाउँमा किसानले गरेको तोरी खेतीले पहेँलो देखिएको पाखोबारी। तस्बिर: पेमा लामा/रासस
आजका तस्बिर- कात्तिक २१
परम्परागत कोलमा तेल निकाल्दै ।  परम्परागत कोलमा पेलेर चिउरीको तेल निकाल्दै दाङ घोराही उपमहानगरपालिका-१८ घोरदौराका स्थानीय। तिहारमा रोटी पकाउन घ्युको विकल्पको रूपमा प्रयोग गरिने चिउरीको तेल ग्रामीण भेगका नागरिकले तरकारीमा प्रयोग गर्ने गर्दछन्। तस्बिर: कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्