आजका तस्बिर- कात्तिक २४
आजका तस्बिर- कात्तिक २४
तोलखाना गाउँ ।  भूकम्पबाट प्रभावित भएको जाजरकोटको बारेकोट गाउँपालिका-५ स्थित तोलखाना गाउँ। तस्बिर: हेमन्त केसी/रासस
आजका तस्बिर- कात्तिक २४
बकुल्लाको बथान ।  सुर्खेतको वीरेन्द्रनगर–३ उत्तरगंगामा आहाराको खोजीमा आएको सेतो बकुल्लाका बथान। तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर- कात्तिक २४
तिहारका लागि मादल बनाउँदै ।  तिहारका लागि मादल बनाउँदै बागलुङ बजारका मादल व्यवसायी। पछिल्लो समय आधुनिकताले गर्दा मादल बिक्री नभएको व्यवसायीहरूको गुनासो छ। तस्बिर: डम्मर बुढामगर/रासस
आजका तस्बिर- कात्तिक २४
माछा मार्दै ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित सनबोरा नदीमा बिहानै माछा मार्नका लागि जाल थाप्दै गरेका थारू समुदायका महिला। तस्बिर: राजेन्द्रप्रसाद पनेरू/रासस
आजका तस्बिर- कात्तिक २४
जमेको तिलिचो तालको पानी ।  हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–९ मा अवस्थित विश्वकै सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो तालको पानी जम्दै। चिसो बढ्दै गएपछि पाँच हजार ९१९ मिटर उचाइमा रहेको तालको पानी जम्न थालेको हो । दैनिक चार देखि पाँच सय आन्तरिक तथा बाह्य पर्यटक यस ताल आउने गर्दछन् । तस्बिर: नवीन लामिछाने/रासस
प्रतिक्रिया दिनुहोस्