आजका तस्बिर- कात्तिक २५
आजका तस्बिर- कात्तिक २५
भत्किएकाे घर पन्छ्याउँदै भूकम्पपीडित ।  जाजरकोटको भेरी नगरपालिका-१ घुयलनेटास्थित भूकम्पबाट भत्किएकाे घरबाट सामान निकाल्न बेल्छेबाट माटाे फाल्दै भूकम्पपीडित। तस्बिरः हेमन्त केसी/रासस
आजका तस्बिर- कात्तिक २५
सडकमै तिहार बजार ।  नेपालगञ्जस्थित सदर लाइनमा शनिबार यमपञ्चक एवम् तिहारको उपलक्ष्यमा सञ्चालनमा ल्याएको तिहार बजार सडकमै चिउरालगायतका खाद्य सामग्री बिक्री गर्दै व्यापारी। तस्बिरः भेषराज बस्नेत/रासस
आजका तस्बिर- कात्तिक २५
‘फास्ट ट्र्याक’को सुरूङ र अग्ला पुल निर्माणमा उत्साहजनक प्रगति ।  अनेकौं बाधा अड्चन र चुनौतीका बीच राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेस सडक आयोजना (फास्ट ट्र्याक) निर्धारित समयभित्रै सम्पन्न गरी निर्माणलाई तीव्रता। नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको मुलुकको सर्वाधिक प्राथमिकतामा रहेको सो आयोजनाको भौतिक प्रगति २७ दशमवल १९ र वित्तीय प्रगति २९ दशमवल ३२ प्रतिशत छ। तस्बिर: अशोक घिमिरे/रासस
आजका तस्बिर- कात्तिक २५
रत्नपार्कमा 'कागे' सम्मेलन ।  तिहारको पहिलो दिन काग तिहारका अवसरमा कागको आवाज निकाल्ने कलाकार रमेश दुलाल ‘कागे’ले काठमाडौंस्थित रत्नपार्कमा २० औं काग सम्मेलन गर्दै। तस्बिर: भेषराज कार्की/रासस
आजका तस्बिर- कात्तिक २५
हाटबजारमा ढाकाटोपी ।  तिहार सुरू भएसँगै सङ्खुवासभाको खाँदबारीमा लाग्ने शनिबारे हाटबजारमा भाइटीकालाई लक्षित गरी ढाकाको टोपी बिक्री गर्दै एक व्यवसायी। तस्बिर: सुजन बज्राचार्य/रासस
प्रतिक्रिया दिनुहोस्