आजका तस्बिर- कात्तिक २७
आजका तस्बिर- कात्तिक २७
सडकमा फालिएका फूल ।  बजार नपाएपछि सडकमा फालिएका फूल। काठमाडौं महानगरले फूल बिक्रीका लागि निश्चित ठाउँ तोकेपछि आफूहरूले घाटा व्यहोर्नु परेको किसान बताउँछन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- कात्तिक २७
पशुपतिमा यसरी गरियो गाईपूजा ।  काठमाडौंको पशुपतिनाथमा गाईपूजा गरिएको छ। गाईतिहारको अवसरमा पशुपतिका बटुकहरूले गाईपूजा गरेका हुन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- कात्तिक २७
बत्तीको झिलिमिलीको दृश्य ।  तिहारको तेस्रो दिन सोमबार काठमाडौँँको हलचोकबाट देखिएको स्वयम्भूनाथ लगायत बत्तीको झिलिमिलीको दृश्य। तस्बिर: हरिराम भेटुवाल/रासस
आजका तस्बिर- कात्तिक २७
जितपुर गाउँमा फुलेको तोरी ।  तोरी फुलेर पहेंलै देखिएको घोराही उपमहानगरपालिका– ११स्थित जीतपुर गाउँ। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- कात्तिक २७
देउसीभैलीमा नृत्य गर्दै ।  यमपञ्चक एवम् तिहारको तेस्रो दिन गोवर्द्धन पूजाका दिन गुरूङ पोशाकमा सजिएर सोमबार पोखरा–८ सिमलचौरमा देउसीभैली खेल्दै। तस्बिर: ऋषिराम बराल/रासस
प्रतिक्रिया दिनुहोस्