आजका तस्बिर- कात्तिक ३०
आजका तस्बिर- कात्तिक ३०
डल्ले सराँय मेला ।  प्युठान नगरपालिका–७ डल्लेमा परम्परादेखि लाग्ने ऐतिहासिक तथा सांस्कृतिक डल्ले सराँय मेलामा सहभागी सर्वसाधारणको घुइँचो। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- कात्तिक ३०
हिमश्रृंखलाको दृश्य ।  संखुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका–९ तुम्लिङटारबाट बिहीबार देखिएको हिमश्रृंखलाको रमणीय दृश्य। तस्बिर: भविन कार्की/रासस
आजका तस्बिर- कात्तिक ३०
माटोको भकारी बनाउँदै ।  कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटामा माटोको भकारी बनाउँदै स्थानीय महिला। अन्न राख्नका लागि थारू समुदायले माटोको भकारी बनाउँदै आएका छन्। अन्न भण्डारण गर्ने आधुनिक प्रविधि भित्रिएपछि परम्परागत रूपमा बनाइने माटोका भकारी (कोठी) को प्रचलन हाल हराउँदै जान थालेको छ। तस्बिर:राजेन्द्रप्रसाद पनेरू/रासस
आजका तस्बिर- कात्तिक ३०
राप्ती नदी तर्दै पर्यटक ।  चितवन राष्ट्रिय निकुञ्जको घडियाल प्रजनन केन्द्र घुमेर आएका पर्यटक काठको डुंगाबाट राप्ती नदी तर्दै। तिहार र छठ पर्वको बिदामा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका पर्यटकीय क्षेत्र घुम्नेको संख्या बढेको छ। तस्बिरः कृष्ण आचार्य/रासस
आजका तस्बिर- कात्तिक ३०
पञ्चकुण्ड ताल ।  चिसो बढेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ पञ्चकुण्ड तालमा जमेको पानीमाथि रमाउँदै पर्यटक। अन्नपूर्ण हिमालको आधार शिविरमा रहेको पञ्चकुण्ड तालको पानी चिसो बढेसँगै जमेर मानिसले हिँडडुल गर्न सकिने बनेको छ। तस्बिर: सन्तोष गौतम/रासस
आजका तस्बिर- कात्तिक ३०
मृगलाई घाँस खुवाउँदै बालिका ।  पाशुपात क्षेत्रस्थित मृगस्थलीमा रहेको मृगलाई घाँस खुवाउँदै एक बालिका। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्