आजका तस्बिर- मंसिर १
आजका तस्बिर- मंसिर १
धौलागिरि हिमाल ।  बागलुङ बजारबाट शुक्रबार बिहान देखिएको धौलागिरि हिमाल। तस्बिरः खेमराज गौतम/रासस
आजका तस्बिर- मंसिर १
गुहेश्वरीमा यसरी तयार हुँदैछ छठ घाट ।  काठमाडौंको गुहेश्वरी गौरीघाटमा छठ पूजाको तयारी सुरू भएको छ। गौरीघाटमा पूजाका ५५० वटा छठ घाट राखिएको श्री छठ पूजा समितिले जनाएको छ। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- मंसिर १
फुटपाथका रूखमा हरियो रङ लगाउँदै ललितपुर महानगर ।  ललितपुर महानगरपालिकाले फुटपाथमा रहेका रूखमा हरियो रङ लगाएको छ। शुक्रबार दिउँसो ललितपुरको कुपण्डोलस्थित फुटपाथमा रहेका रूखमा हरियो रङ लगाइएको हो।तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- मंसिर १
धरहरा आसपासको क्षेत्र ।  हेलिकप्टरबाट खिचिएको काठमाडौंको धरहरा आसपासको क्षेत्र। तस्बिर: प्रदीपराज वन्त/रासस
आजका तस्बिर- मंसिर १
झाँक्री नाच प्रस्तुत ।  ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा किराँतहरूको पर्व चासोक तङनामका अवसरमा झाँक्री नाच प्रस्तुत गर्दै झाँक्रीहरू। लिम्बू, सुनुवार र याक्खा जातिले नयाँ अन्न आफ्ना दिवङ्गत पुर्खा र आ–आफ्ना आस्थाका भगवानलाई चढाएर न्वागी पूजा गर्ने चलनलाई चासोक तङनाम भन्ने गरिन्छ।तस्बिरः दिलकुमार लिम्बू/रासस
प्रतिक्रिया दिनुहोस्