आजका तस्बिर- मंसिर २
आजका तस्बिर- मंसिर २
मठ तयार गर्दै बालकहरू ।  रूपन्देहीको गैंडहवामा छठ पूजाका लागि मठ तयार गर्दै बालकहरू। तस्बिर: भगवती पाण्डे/सेतोपाटी
आजका तस्बिर- मंसिर २
टिकटक प्रतिबन्धविरूद्ध माइतीघरमा प्रदर्शन ।  नेपालमा टिकटक प्रतिबन्धविरूद्ध माइतीघर मण्डलमा प्रदर्शन भएको छ। शनिबार टिकटक प्रयोगकर्ताहरूले टिकटक प्रतिबन्ध खारेज गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- मंसिर २
रानीपौवा र धौलागिरी हिमशृङ्खला ।  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेको मुक्तिनाथ मन्दिर परिसरबाट देखिएको रानीपौवा र धौलागिरी हिमशृङ्खलाको दृष्य। तस्बिर: सन्तोष गौतम/ रासस
आजका तस्बिर- मंसिर २
परिवारसहित साइकल यात्रामा ।  अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ ङिस्याङ गाउँपालिका-४ स्थित सब्जे हुँदै साइकल यात्रामा माथिल्लो मनाङ जाँदै गरेका ६ वर्षे बालक सहितको सिङ्गापुरे परिवार। दामन, सौराहा हुँदै साइकलमै यहाँ आइपुगेको उनीहरू बताउँछन्। तस्बिर : नवीन लामिछाने /रासस
आजका तस्बिर- मंसिर २
चखेवाको बथान ।  चितवन राष्ट्रिय निकुन्जको राप्ती नदी तटीय क्षेत्रमा देखिएको चखेवाको बथान। जाडो छल्न चखेवा चरा विगतमा झैं यस वर्ष पनि अन्य देशबाट यस क्षेत्रका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन्। तस्बिरः कृष्ण आचार्य/रासस
प्रतिक्रिया दिनुहोस्