आजका तस्बिर: मंसिर ३
आजका तस्बिर: मंसिर ३
छठ पूजा ।  काठमाडौंको थापाथलीस्थित बागमती नदीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पूजा गर्दै एक महिला। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर: मंसिर ३
विगत बनेको भविष्य ।  काठमाडौंको मीनभवनस्थित यातायात व्यवस्था कार्यालयको पछाडि थोत्रो अवस्थामा रहेको ट्रली बस। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर: मंसिर ३
शैलुङ डाँडा ।  दोलखाको प्रसिद्ध स्थल शैलुङ डाँडा। समुद्री सतहदेखि करिब तीन हजार ८०० मिटर अग्लो स्थानमा रहेको शैलुङ डाँडामा १०० भन्दा बढी थुम्काहरू छन्। तस्बिर: रत्न श्रेष्ठ/रासस
आजका तस्बिर: मंसिर ३
कालापानी र मानापाथी हिमाल ।  मुस्ताङको थासाङ गाउँपालिका–३ कालापानीको बस्ती र पृष्ठभूमिमा रहेको मानापाथी हिमाल। हिमालको काखमा रहेको कालापानी र लेते बेनी–जोमसोम सडक अन्तर्गतको पर्यटकीय स्थल हो। तस्बिरः सन्तोष गौतम/रासस
आजका तस्बिर: मंसिर ३
अस्ताउँदो सूर्यलाई अर्घ्य ।  नारायणगढको नारायणी नदी किनारस्थित छठ घाटमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु। तस्बिरः सनद अधिकारी/रासस
प्रतिक्रिया दिनुहोस्