आजका तस्बिर- मंसिर ७
आजका तस्बिर- मंसिर ७
बल्खुमा दुर्गा प्रसाईं पक्षको प्रदर्शन ।  काठमाडौंको बल्खु क्षेत्रमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षधरले प्रदर्शन गरेका छन्। बिहीबार दिउँसो उनीहरूले प्रदर्शन गरेका हुन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- मंसिर ७
तीनकुनेमा युवा संघ र अनेरास्ववियुको प्रदर्शन ।  काठमाडौंको तीनकुने क्षेत्रमा नेकपा (एमाले) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ र अनेरास्ववियुले प्रदर्शन गरेका छन्। 'सरकार र अराजकतावादीविरूद्ध' भन्दै युवा संघ र अनेरास्ववियुले प्रदर्शन गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- मंसिर ७
अश्रुग्यास र पानीका फोहरा ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा आन्दोलनमा आएकाहरूलाई प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले कार्यक्रम गर्न तोकेको स्थलभन्दा बाहिर जान खोजेपछि प्रहरीले प्रसाईं पक्षधरलाई रोकेको थियो। सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- मंसिर ७
तोरण तार्न लैजाँदै भक्तजन ।  हरिबोधिनी एकादशीका दिन बिहीबार त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा तोरण तार्नका लागि डोलीमा राखेर फूल लैजाँदै भक्तजनहरू। तस्बिर: सनद अधिकारी/रासस
आजका तस्बिर- मंसिर ७
पाथीभराबाट देखिएको कुम्भकर्ण हिमाल ।  ताप्लेजुङस्थित पाथीभरा मन्दिर परिसरबाट देखिएको कुम्भकर्ण हिमाल। तस्बिरः सन्तोष पुर्कुटी/रासस
आजका तस्बिर- मंसिर ७
अध्यक्ष ओली ।  नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा बिहीबार पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आयोजित ‘केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी’ क्रिकेट प्रतियोगिताको उद्घाटन कार्यक्रममा बलिङ गर्दै। तस्बिर: राधिका कँडेल/रासस
प्रतिक्रिया दिनुहोस्