आजका तस्बिर- मंसिर ८
आजका तस्बिर- मंसिर ८
साँस्कृतिक प्रस्तुति दिँदै ।  दोस्रो संस्करणको नेपाल सुपर लिगको उद्घाटन खेलअघि साँस्कृतिक प्रस्तुति दिँदै टिकटक स्टार प्रिन्सी-प्रिज्मा। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- मंसिर ८
नियन्त्रणमा लिँदै प्रहरी ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा आन्दोलनका लागि तीनकुनेमा पुगेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ। प्रसाईंले शुक्रबारदेखि तीनकुने क्षेत्रमा आन्दोलन गर्ने तयारी गरेका थिए। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- मंसिर ८
चराउन लैजाँदै सफारीका हात्ती ।  बाँके राष्ट्रिय निकुञ्जको खड्कवारमा निकुञ्ज सफारीका लागि राखिएका हात्तीलाई चराउन लैजाँदै माहुतेहरू। तस्बिरः रूपनी जिएम/रासस
आजका तस्बिर- मंसिर ८
हिमाल हेर्नेको लर्को ।  कास्कीको मादी गाउँपालिका-१ स्थित करिब तीन हजार ९०० मिटर अग्लो कोरी पहाडमा गत हप्ता बिहानको समयमा हिमाल हेर्न पुगेका आन्तरिक पर्यटक। कास्कीको सिक्लेस हुँदै पछिल्लो समय यहाँ पुग्ने पर्यटकको संख्या बढ्दो छ। तस्बिर: एकराज पाठक/रासस
आजका तस्बिर- मंसिर ८
रूखमा बसेका बकुल्ला ।  सुर्खेतको वीरेन्द्रनगर–४ मूलपानीमा रूखमा बसेको सेता बाकुल्लाको बथान। आजभोली धान काटेर उठाउँदा खसेको धान खाना विभिन्न ठाउँबाट चारचुरूंगी आउने गर्छन्। तस्बिरः सुरेश आचार्य/रासस
प्रतिक्रिया दिनुहोस्