आजका तस्बिर: मंसिर १०
आजका तस्बिर: मंसिर १०
लैंगिक हिंसाविरूद्ध प्रदर्शन ।  बसन्तपुरस्थित काष्ठमाण्डप अगाडि देखाइएको लैंगिक हिंसाविरूद्धको सचेतनामूलक सडक नाटक। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर: मंसिर १०
राजारानी पोखरी ।  मोरङको लेटाङ नगरपालिका–१ स्थित रहेको राजारानी पोखरी । यस स्थानमा धिमाल जातिका राजाको दरबार रहेको भन्ने किंवदन्तीे छ। तस्बिर– विवेक मिश्र/रासस
आजका तस्बिर: मंसिर १०
काकाकुल चरा ।  कञ्चनपुरको बेदकोट नगरपालिका–३ चुरे फेदीको सामुदायिक वन क्षेत्रको सालको रुखमा बसिरहेको वयस्क काकाकुल (सर्प खाने) चरा। दक्षिण एशियाका वन क्षेत्रमा पाइने यो चराले सर्प र माछालाई आफ्नो आहारा बनाउने गर्छ। तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस
आजका तस्बिर: मंसिर १०
हिमालको छायाँ तालमा ।  म्याग्दीको मालिका गाउँपालिका-१ निस्कोटस्थित निस्कोट बराहा ताल र तालमा देखिएको धौलागिरि हिमालको छायाँ। तस्वीर: ध्रुबसागर शर्मा/रासस
आजका तस्बिर: मंसिर १०
नेपालकै अग्लो चक्रशिला ।  चितवनको माडी खैरहनीस्थित चक्रतीर्थ धाममा स्थापना गरिएको नेपालकै ठूलो चक्रशिला। पर्वतको कुश्माबाट ल्याइएको उक्त चक्रशिला हरिबोधनी एकादशीका दिन प्राणप्रतिष्ठासहित विष्णुहरिहर मन्दिर परिसरमा राखिएको छ। तस्बिरः कृष्ण आचार्य/रासस
प्रतिक्रिया दिनुहोस्