आजका तस्बिर- मंसिर ११
आजका तस्बिर- मंसिर ११
लमजुङ हिमाल ।  मनाङको चामेगाउँपलिका–४ माडबाट देखिएको लमजुङ हिमाल। तस्बिर: नवीन लामिछाने/रासस
आजका तस्बिर- मंसिर ११
जगन्नाथ मन्दिर ।  म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा रहेको जगन्नाथ मन्दिर। पाँच सय वर्ष पुरानो शिखर शैलीको यो मन्दिरमा पूजा आराधना एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ। तस्बिरः सन्तोष गौतम/रासस
आजका तस्बिर- मंसिर ११
मनाइयो ५५४ औं गुरू नानक जयन्ती ।  शिख धर्मका प्रवर्तक गुरू नानकको आज ५५४ औं जन्मजयन्ती मनाइएको छ। कुपण्डोलको गुरूद्वार गुरू नानक संत्सगमा गुरू नानक जयन्ती मनाइएको हो। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- मंसिर ११
कालोपत्र ।  पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नालामा गरिएको कालोपत्र सडक। मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँको बन्दीपुर र आँबुखैरेनीमा कालोपत्रको काम अगाडि बढेको छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्