आजका तस्बिर- मंसिर १४
आजका तस्बिर- मंसिर १४
स्वचालित ग्रीन हाउस ।  दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेका स्थानीयले माटो बिना कोकोपिटमा हाइड्रोपोनिक्स विधिबाट खेती गर्न बनाइएको अत्याधुनिक स्वचालित ग्रीन हाउस। ग्रीन हाउसमा भेंडे खुर्सानी खेती गरिएको छ। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- मंसिर १४
एड्स विरूद्धको दिवसको अवसरमा दीप प्रज्‍वलन ।  काठमाडौंमा एड्सविरूद्धको दिवसको पूर्वसन्ध्यामा दीप प्रज्वलन गरिएको छ। माइती नेपालको आयोजनामा बिहीबार अपराह्नमा गौशालामा दीप प्रज्वलन गरिएको हो। तस्बिर: नवीनबाबु गुरूङ
आजका तस्बिर- मंसिर १४
तालमाथि जमेको हिउँमा रमाउँदै पर्यटक ।  म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ पञ्चकुुण्ड तालमा चिसोले हिउँ जमेपछि त्यसमाथि रमाउँदै पर्यटक। अन्नपूूर्ण हिमालको फेदीमा रहेको पञ्चकुुण्ड ताल चिसोका कारण पानी जमेको छ। तस्बिर:सन्तोष गौतम/रासस
आजका तस्बिर- मंसिर १४
बराह पोखरी ।  खोटाङको बराह पोखरी गाउँपालिका वडा नं १ मा अवस्थित धार्मिकस्थल बराह पोखरी। यो पोखरीमा स्नान गरे मनोकाङ्क्षा पूरा हुने, घाउ खटिरा निको हुने जनविश्वास रहेको छ । उक्त पोखरीको प्रचारप्रसार गर्न गरे पर्यटकको सख्या वृद्धि हुने स्थानीयको भनाइ छ। तस्बिरः हरिराम भेटुवाल/रासस
आजका तस्बिर- मंसिर १४
तटबन्ध निर्माण गर्दै ।  कृष्णपुर नगरपालिका-२ बाणीमा नदीले गर्दै आएको कटान रोक्नका लागि तटबन्ध निर्माण गरिँदै। तस्बिरः राजेन्द्रप्रसाद पनेरु/ रासस
प्रतिक्रिया दिनुहोस्