आजका तस्बिर- मंसिर १५
आजका तस्बिर- मंसिर १५
परम्परागत शैलीमा राखिएको मकैको सुली ।  खोटाङ जिल्लाको बराह पोखरी गाउँपालिका- १ स्थित बराह पोखरीमा रहेको खरले छाएको एक घरमा परम्परागत शैलीमा राखिएको मकैको सुली। तस्बिर: हरिराम भेटुवाल/रासस
आजका तस्बिर- मंसिर १५
निस्कोटबाट देखिएको धौलागिरि ।  म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटबाट देखिएको धौलागिरि हिमाल र निस्कोट पल्थोक गाउँ। तस्बिर: ध्रुवसागर शर्मा/रासस
आजका तस्बिर- मंसिर १५
घोडाको प्रतिमा ।  घोराही उपमहानगरपालिका– १५ स्थित गुम्रा चोकमा उपमहानगरपालिकाको लगानीमा निर्माण गरिएको घोडाको प्रतिमा। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- मंसिर १५
सोबाङ धुरीबाट देखिएको मनोरम दृश्य ।  धौलागिरि आइसफल पदमार्ग अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको सोवाङधुरीबाट देखिएको मनोरम दृश्य। तस्बिर: कमल खत्री/रासस
आजका तस्बिर- मंसिर १५
विश्व एड्स विरूद्धको दिवसमा बसन्तपुरमा 'फ्ल्यास मब' ।  विश्व एड्स विरूद्धको दिवस पारेर बसन्तपुरमा 'फ्ल्यास मब' आयोजना गरिएको छ। ब्लु डाइमण्ड सोसाइटीको आयोजनामा शुक्रबार साँझ फ्ल्यास मब आयोजना गरिएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्