आजका तस्बिर- मंसिर २०
आजका तस्बिर- मंसिर २०
सुलीमा मकै ।  म्याग्दीको बेनी नगरपालिका–५ गाजनेस्थित एक घरमा परम्परागत शैलीमा राखिएको मकैको सुली। सुलीमा मकै राख्दा घामपानी तथा कीराबाट सुरक्षित राख्न सकिन्छ। तस्बिर: कमल खत्री/रासस
आजका तस्बिर- मंसिर २०
खलङ्गा बजारबाट देखिएको चेरे लेक ।  जुम्लाको सदरमुकाम खलङ्गा बजारबाट देखिएको चेरे लेकमा परेको हिउँ। अहिले जुम्लामा अत्यधिक रूपमा जाडो बढेको छ। तस्बिर:विजय रावत/रासस
आजका तस्बिर- मंसिर २०
टपरी बुन्दै ।  चाबहिल गणेशस्थानमा सालको पातको टपरी बुन्दै एक महिला। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- मंसिर २०
मनाङमा हिमपात ।  मनाङको ङिस्याङ गाउँपालिका–५ भ्राकामा भएको हिमपात। हिउँमा बसेका चौंरी। तस्बिर: नवीन लामिछाने/रासस
आजका तस्बिर- मंसिर २०
धौलागिरि हिमाल ।  म्याग्दीको बेनी नगरपालिका–५ मा अवस्थित पर्यटकीय स्थल केभहिलबाट देखिएको धौलागिरि हिमालको मनोरम दृष्य। तस्बिर: कमल खत्री/रासस
प्रतिक्रिया दिनुहोस्