आजका तस्बिर- मंसिर २३
आजका तस्बिर- मंसिर २३
पारलैंगिक गौरव यात्रा ।  चौथो पारलैंगिक गौरव यात्रा मनाइएको छ। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले काठमाडौंमा र्‍याली निकाल्दै गौरव यात्रा मनाएका हुन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- मंसिर २३
सूर्यास्तको दृश्य ।  दाङको घोराही उपमहानगरपालिका-१७ स्थित घनिबगियाबाट शनिबार देखिएको सूर्यास्तको दृश्य। तस्बिर : कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- मंसिर २३
अस्थायी काठेपुल ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ स्थित वनहरा नदीमा स्थानीय बासिन्दाले आवतजावतका लागि निर्माण गरेको अस्थायी काठेपुलमा साइकल डोर्‍याएर गन्तव्यमा जाँदै गरेकी महिला। काठेपुलमा आवतजावत गरेवापत मोटरसाइकलको रु ४० र साइकलको रु १० शुल्क तिर्नु पर्दछ। तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस
आजका तस्बिर- मंसिर २३
ड्रागन फ्रुट खेती ।  सुर्खेतको गुर्भाकोट नगरपालिका-१४, गुमीमा रहेको कर्णाली ड्रागन फ्रुट फर्ममा बेमौसमी 'ड्रागन फ्रुट' उत्पादनका लागि जडान गरिएको बत्ती। तस्बिर: सुरेश आचार्य/रासस
आजका तस्बिर- मंसिर २३
नमूना मनास्लु हिमाल ।  अन्तर्राष्टिय पर्वतीय सङ्ग्रहालय परिसरमा निर्माण गरिएको नमूना मनास्लु हिमालबाट झर्दै पर्यटक । नमूना हिमाल आन्तरिक र बाह्य पर्यटकको आकर्षण बनेको छ। तस्बिरः हरिप्रसाद बास्तोला/रासस
प्रतिक्रिया दिनुहोस्