आजका तस्बिर- मंसिर २५
आजका तस्बिर- मंसिर २५
पितृको नाममा पशुपतिनाथमा छरियो शतबीज ।  प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथ‍मा शतबीज छरिएको छ। आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार झिसमिसेमै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- मंसिर २५
भूकम्पबाट भत्किएको घर निर्माणको पर्खाइमा ।  वि.सं २०८० कात्तिक १७ गतेको भूकम्पबाट भत्किएको भेरी नगरपालिका–३ स्थित माथिल्लो थाप्लेको बस्ती। सरकारबाट प्राप्त हुने रकमबाट घर पूनर्निर्माण गर्ने पर्खाइमा यहाँका सर्वसाधारणहरू रहेका छन्। तस्बिर: हेमन्त केसी/रासस
आजका तस्बिर- मंसिर २५
हिउँमै थोराङ्ला भञ्ज्याङ जाँदै पर्यटक ।  अन्नपूर्ण पदमार्ग अन्तर्गतको पाँच हजार चार सय १६ मिटर उचाइमा अवस्थित मनाङको ङिस्याङ गाउँपालिका–८ स्थित थोराङ्ला भञ्ज्याङ जाँदै पर्यटक। तस्बिर: नवीन लामिछाने/रासस
आजका तस्बिर- मंसिर २५
सोलार वितरण ।  मुगुको खत्याड गाउँपालिकाका ३३९ दलित समुदाय र ८४ एकल महिला गरी ४२३ घरधुरीलाई वितरण गरिएको सोलारपाता र आवश्यक जडान सामग्री । उक्त गाउँपालिकाका स्थानीयलाई व्याक टु लाइफ जर्मनको आर्थिक सहयोग एवं हेरेन्डेक नेपाल गैरसरकारी संस्थाको सहजीकरणमा सोलारपाता वितरण गरिएको हो। तस्बिरः नृपेन्द्रबहादुर मल्ल/रासस
आजका तस्बिर- मंसिर २५
निर्माणाधीन डम्फु पार्क र तामाङ संग्रहालय ।  काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-११ कालढुंगामा निर्माणाधीन अवस्थामा रहेको डम्फु पार्क र तामाङ संग्रहालय भवन। तस्बिर: पेमा लामा/रासस
प्रतिक्रिया दिनुहोस्