आजका तस्बिर- मंसिर २९
आजका तस्बिर- मंसिर २९
छुटे खाण ।  नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण केन्‍द्रीय कारागार जगन्नाथदेवलबाट छुटेका छन्। कारागारबाट छुटेर उनी जिल्ला अदालत काठमाडौं गएका थिए। अहिले जिल्ला अदालतबाट खाणलाई सम्पत्ति शुद्धीकरण विभागमा लगिँदैछ। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- मंसिर २९
सैनिक मञ्च टुँडिखेलमा महानगर दिवस ।  काठमाडौं महानगरपालिकाले २९ औं महानगर दिवस मनाएको छ। महानगरले यसपालि सैनिक मञ्च टुँडिखेलमा समारोह गरी महानगर दिवस मनाएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- मंसिर २९
खलङ्गा बजार ।  जुम्लाको सदरमुकाम खलङ्गा बजार। तस्बिर : विजय रावत / रासस
आजका तस्बिर- मंसिर २९
हिमालको दृश्य ।  तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबाट देखिएको हिमालचुली हिमालको दृश्य। तस्बिरः कृष्ण न्यौपाने/ रासस
आजका तस्बिर- मंसिर २९
मौरीका घार ।  चितवनको कालिका नगरपालिका-१० पाइमाराङमा किसान रामबहादुर थापाले चराउन राखेका मौरीका घार। चिउरी फुल्ने यो सिजनमा किसानले यस क्षेत्रमा मौरीलाई चराउन लैजाने गरेका छन्। तस्बिरः कृष्ण आचार्य / रासस
प्रतिक्रिया दिनुहोस्