आजका तस्बिर- मंसिर ३०
आजका तस्बिर- मंसिर ३०
तलेजु मन्दिर ।  शनिबार अपराह्नमा देखिएको पाटन दरबार क्षेत्रको तलेजु मन्दिर। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- मंसिर ३०
नाम्रा गाउँ ।  सुर्खेतको-जाजारकोट सडक खण्डमा पर्ने सल्यान वनगाड कुपिण्डे नगरपालिका–१ रहेको नाम्रा गाउँ। करिब १० वर्ष पहिले यो गाउँमा आगलागी हुँदा घर जलेपछि अहिले एउटै शैलीमा जस्ताको पाताले छाएको नयाँ घर बनेका छन्। तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर- मंसिर ३०
निर्माणाधीन हनुमानको मूर्ति ।  पवित्र मानिने सरयू नदी (बबई नदी) को उद्गम स्थान घोराही उपमहानगरपालिका १ सिमलतरामा अवस्थित श्री सरयू राम मन्दिर परिसरमा जनस्तरबाट निर्माणाधिन ५१ फिट अग्लो हनुमानको मूर्ति। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- मंसिर ३०
अन्नबाट बनेको सीतारामको प्रतिमा ।  सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको अवसरमा विश्व रेकर्ड स्थापित गर्ने उद्देश्यले जनकपुरधामस्थित रंगभूमि मैदानमा १२ बिघामा ११ हजार ११ स्क्वायर फिटको अन्नबाट बनेको सीतारामको प्रतिमा। प्रतिमालाई शनिबारदेखि अवलोकनका लागि खुला गरिएको हो। भारतको शतिस गुर्जरसँगै आएका ८ जना कलाकारले ५ दिन लगाएर प्रतिमा निर्माण गरेका छन्। तस्बिरः चन्द्रदेव साह/रासस
आजका तस्बिर- मंसिर ३०
परम्परागत घर ।  राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत काठेखोला गाउँपालिका–५ घोडाबाँधेमा रहेका परम्परागत घरहरू। पछिल्लो समय यस्ता परम्परागत घर बनाउने प्रचलन हराउँदै गएको छ। तस्बिर: डम्मर बुढामगर/रासस
प्रतिक्रिया दिनुहोस्