आजका तस्बिर- पुस ३
आजका तस्बिर- पुस ३
ढुङ्गामा बाघको आकृति ।  चितवनको माडी नगरपालिका–५ स्थित सोमेश्वरगढी जाने बाटोमा ढुङ्गामा कुदिएको बाघको आकृति। मन्दिरसम्म मानिसहरूको आकर्षण बढाउन एक दर्जनभन्दा बढी ढुङ्गा कुँदेर नेपालको मौलिक संस्कृति तथा धार्मिक आस्था झल्काइएको छ। तस्बिर: कृष्ण आचार्य/रासस
आजका तस्बिर- पुस ३
दुई जिल्ला जोड्ने मोटरेवल पुल ।  तनहुँको आँबुखैरेनी र गोरखाको मजुवा देउराली जोड्ने मर्स्याङ्दी नदीमाथि निर्माण भएको मोटरेवल पुल। तस्बीर: सानेबहादुर नेपाली/रासस
आजका तस्बिर- पुस ३
मैत्रीपूर्ण भलिबल प्रतियोगिता ।  म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमामा जारी चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको अवसरमा समावेश गरिएको गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै जनप्रतिनिधि र कर्मचारीहरू। प्रतियोगितामा जनप्रतिनिधिको समूह विजेता बनेको छ। तस्बिर: कमल खत्री/रासस
आजका तस्बिर- पुस ३
सुन्तला बगैंचा ।  म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाको सुन्तला बगैंचा। बास्कुनाका बासिन्दाले पूरै गाउँमा सुन्तला खेती गरेका छन्। तस्बिर: सन्तोष गौतम/रासस
आजका तस्बिर- पुस ३
मौरीपालन ।  रूकुम पूर्वको सिस्ने गाउँपालिका–७ स्थित गोठीचौरमा कमानसिंह कुँवरले गरेको मौरीपालन व्यवसाय। उनको घरमा मुढे र आधुनिक गरी १०० वटा मौरीका घार छन्। तस्बिर: सर्जना कार्की/रासस
प्रतिक्रिया दिनुहोस्