आजका तस्बिर- पुस ४
आजका तस्बिर- पुस ४
व्यावसायिक मौरीपालन ।  दाङको घोराही उपमहानगरपालिका-१३ स्थित मौलाकोटमा डुम्मर गाउँका सिरबहादुर पुनले व्यावसायिक रूपमा गरेको मौरीपालन। दश वर्षदेखि घोराहीमा व्यावसायिक रूपमा मौरी पालेको पुनले मौलाकोटमा चिउरीको जङ्गल नजिक भाडाको जग्गामा एक सय पचास घार मौरी चराउन लगेका छन्। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- पुस ४
ड्रागन फ्रुट खेती ।  इलामको चुलाचुली गाउँपालिका-२ का वडा सदस्य माइतराज लिम्बूले गरेको 'ड्रागन फ्रुट' को व्यावसायिक खेती। चुलाचुलीमा पहिलोपटक 'ड्रागन फ्रुट' को व्यावसायिक खेती सुरू गरेको लिम्बूले वार्षिक रु दुई लाख बढी आम्दानी गर्दै आएका छन्। तस्बिर: रामकुमार लिम्बू/रासस
आजका तस्बिर- पुस ४
झोलुंगे पुल ।  बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको शिवखोलादेखि अगैयासम्म फैलिएको राप्ती नदी तर्नका लागि बनाइएको झोलुङ्गे पुल। तस्बिर: रुपनी जिएम/रासस
आजका तस्बिर- पुस ४
म्याग्दीको रूम गाउँ ।  स्लेट खानीको रूपमा परिचित म्याग्दीको मालिका गाउँपालिका वडा नं २ मा पर्ने रूम गाउँ। तस्बिर: ध्रुवसागर शर्मा/रासस
आजका तस्बिर- पुस ४
धौलागिरि हिमाल ।  धौलागिरि हिमालको आधार शिविरसम्म पुग्ने नयाँ पदमार्ग ‘धौलागिरि सेन्चुरी पदमार्ग’ले समेटिएको म्याग्दीको रघुगंगा गाउँपालिका–५ स्थित झिं गाउँ र यहाँबाट देखिएको धौलागिरि हिमालको मनोरम दृष्य। तस्बिर: कमल खत्री/रासस
प्रतिक्रिया दिनुहोस्