आजका तस्बिर- फागुन १७
आजका तस्बिर- फागुन १७
सिक्टा सिँचाइको मुहान ।  बाँकेको राप्ती सोनारी गाउँपालिका–२ अगैयास्थित सिक्टा सिँचाइ आयोजनाको ब्यारेज। राप्ती नदीको यही मुहानबाट पश्चिम र पूर्वी मुख्य नहरमा पानी छोड्ने गरिएको छ। तस्बिर: भेषराज बस्नेत/रासस
आजका तस्बिर- फागुन १७
विद्युतको नांगो तार हटाउँदै प्राविधिक ।  रूकुम पश्चिमको मुसिकोट नगरपालिका–५ बागबजारस्थित विद्युतको मुख्य प्रसारण लाइनमा नांगो तार हटाएर सुरक्षित तार राख्दै प्राविधिक। मुसिकोट नगरपालिका–१ सल्लेदेखि मुसिकोट नगरपालिका–५ सेरिगाँसम्म ४ किलोमिटर दूरीमा प्रणाली सुधार कार्यक्रमअन्तर्गत नांगो (सेतो) तार विस्थापित गरेर कालो तार राख्न लागिएको छ। तस्बिर: बलबहादुर ओली/रासस
आजका तस्बिर- फागुन १७
मचान ।  कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ राधापुरस्थित एक किसानको खेतमा बनाइएको मचान। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने जनावरबाट खेती जोगाउन यहाँका किसान यस्तै मचानमा रातभर जाग्राम बसेर जनावर धपाउने गरेका छन्। तस्बिर: गोकुल जोशी/रासस
आजका तस्बिर- फागुन १७
सांकेतिक रूपमा सडक जोतेर प्रदर्शन ।  मोहियानी हक अधिकार प्राप्तिका लागि आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले दशौं दिन बिहीबार घोराही बजारमा आफैं गोरु बनेर सांकेतिक रूपमा सडक जोतेर प्रदर्शन गर्दै। स्वर्गद्वारी गुठी पीडित मोही किसान १० दिनदेखि जिल्ला प्रशासन कार्यालय दाङको मूल गेटमा धर्नामा बसेका छन्। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- फागुन १७
विद्यार्थीले बनाएको चोयाका सामग्री ।  म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङमा रहेको हेम नमूना आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले फोहोर व्यवस्थापनका लागि निगालोको चोयाबाट निर्माण गरेको डोका। उक्त विद्यालयमा प्लास्टिकको डष्टबिनको विकल्पमा विद्यार्थीले बुनेको निगालोको चोयाको डष्टबिन प्रयोग गरिएको छ। तस्बिरः सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस्