आजका तस्बिर- वैशाख १४
आजका तस्बिर- वैशाख १४
प्राकृतिक मनोरम दृश्य ।  तनहुँको पर्यटकीय नगरी बन्दीपुर जाने बाटोको प्राकृतिक मनोरम दृश्य। पृथ्वी राजमार्गको पिप्लेदेखि सात किलोमिटर उकालो यात्रा गरेपछि बन्दीपुर पुगिन्छ। तस्बिरः कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- वैशाख १४
बुलबुलेमा मोटरबोट ।  सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेशकै प्रमुख पर्यटकीयस्थल बुलबुले तालमा सञ्चालनमा ल्याइएको मोटरबोट। उक्त तालमा लामो समयदेखि फोहोर भएको र तालमा पानी नजमेकाले डुङ्गा सञ्चालनमा आउन सकेको थिएन। तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर- वैशाख १४
धरमपानी गाउँ ।  तनहुँको बन्दीपुर गाउँपालिका–६ स्थित धरमपानी गाउँ। स्थानीयको आयआर्जन बढाउन यहाँ घरबास सञ्चालन गरिएको छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- वैशाख १४
मनाङको नार गाउँ ।  समुद्री सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित मनाङको नार्पाभूमि गाउँपालिकाको नारगाउँ। यहाँ गुरूङ र लामा जातिको बसोबास रहेको छ। उनीहरूको मुख्य पेसा खेतीपाती र पशुपालन हो। तस्बिरः नवीन लामिछाने/रासस
आजका तस्बिर- वैशाख १४
रथ निर्माण ।  हरेक वर्ष मनाइने रातो मच्छिन्द्रनाथको जात्राका लागि ललितपुरको पुलचोकस्थित रथ निर्माण गर्दै। तस्बिर: हरि परियार/रासस
प्रतिक्रिया दिनुहोस्