आजका तस्बिर- वैशाख १८
आजका तस्बिर- वैशाख १८
बगर खेतीको हेरचाह गर्नका लागि किसानले बनाएका झुपडी ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ स्याली नदी तटीय क्षेत्रमा बगर खेतीको हेरचाह गर्नका लागि किसानले बनाएका झुपडी। बगरमा उत्पादन हुने लौका, काँक्रा लगायतका तरकारी चोरी हुनबाट र जङ्गली जनावरबाट जोगाउनका लागि किसानले झुपडीमा बसेर हेरचाह गर्दै आएका छन्। तस्बिरः राजेन्द्रप्रसाद पनेरू/रासस
आजका तस्बिर- वैशाख १८
माछा मार्दै ।  बागलुङको निसीखोलामा जाल हानेर माछा मार्दै स्थानीय। निसीखोलामा असला लगायतका माछा पाइन्छ। तस्बिर: खेमराज गौतम/रासस
आजका तस्बिर- वैशाख १८
सूर्योदय ।  बैतडीको सदरमुकाम दशरथचन्द नगरपालिका-४ गोठाला पानीबाट मङ्गलबार बिहान देखिएको सूर्योदयको मनमोहक दृष्य। तस्बिर: रत्न श्रेष्ठ / रासस
आजका तस्बिर- वैशाख १८
सूर्यमुखी फूल खेती ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका- ८ नौखरीका किसानले खेतबारीमा लगाएको सूर्यमुखी फूल। किसानले तेल उत्पादनका लागि सूर्यमुखी फूलखेती गर्ने गर्दछन्। तस्बिर: राजेन्द्रप्रसाद पनेरू/ रासस
प्रतिक्रिया दिनुहोस्