आजका तस्बिर- वैशाख २१
आजका तस्बिर- वैशाख २१
निर्माण अधुरै रहेको भूकम्प पीडितको घर ।  नुवाकोटको लिखु गाउँपालिका–५ स्थित निर्माण सम्पन्न गर्न बाँकी रहेको भूकम्प पीडितको घर। वि.संं २०७२ वैशाख १२ को भूकम्पबाट पीडित भएकालाई आवास पुनर्निर्माण गर्न सरकारले तीन किस्तामा रु तीन लाख उपलब्ध गराउने भए पनि अनुदानको दोस्रो किस्ता लिएपछि अधुरै रहने घरको सङ्ख्या एक हजारभन्दा बढी रहेको छ। तस्बिरः रामहरि न्यौपाने/रासस
आजका तस्बिर- वैशाख २१
घोडाको सहयोगमा बारी जोत्दै ।  डोल्पा जिल्लाको उत्तर–पश्चिम भूभागमा अवस्थित शे–फोक्सुण्डो गाउँपालिकाका–८, रिचिका स्थानीय घोडाको सहयोगमा बारी जोत्दै। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- वैशाख २१
गोतामकोट ।  रुकुम पश्चिम आठबिसकोट नगरपालिका ५ र ६ मा अवस्थित ढुङ्गाले छाएका परम्परागत शैलीका मौलिक घरहरु भएको गाउँ गोतामकोट । तस्बिरः कुलदीप न्यौपाने /रासस
आजका तस्बिर- वैशाख २१
कालोपत्रे सडक ।  तनहुँको घिरिङ गाउँपालिका–४ मा कालोपत्र भएको सडक। गण्डकी प्रदेश सरकारको गौरवको आयोजना अन्तर्गत मानपुरदेखि ढेडगाउँ जोड्ने सडक अन्तर्गत एघार किलोमिटर दूरीमा कालोपत्र भइरहेको हो। तस्बिरः सानेबहादुर नेपाली/रासस
प्रतिक्रिया दिनुहोस्