आजका तस्बिर- भदौ १८
आजका तस्बिर- भदौ १८
च्याङ्ग्रा चराउन लैजाँदै ।  मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको मराङमा मङ्गलबार चरन क्षेत्रमा चरणका लागि जाँदै गरेका भेडाच्याङग्रा। चराङका बासिन्दाले च्याङ्ग्रा पालनलाई आम्दानीको स्रोत बनाएका छन्। तस्बिरः सन्तोष गौतम/रासस
आजका तस्बिर- भदौ १८
बुर्तिबाङ बजार ।  बागलुङको दोस्रो ठूलो व्यापारीक केन्द्रका रुपमा रहेको बुर्तिबाङ बजार । देशको दश नमुना सहरका रुपमा विकास गर्न थालिएको यो बजार निसी, भूजी र तमानखोलाको त्रिवेणीका रूपमा रहेको छ। तस्बिर: डम्मर बुढामगर/रासस
आजका तस्बिर- भदौ १८
पर्यटकीय भुजुङ गाउँ ।  ड्रोनबाट खिचिएको लमजुङ क्व्होलासोथार गाउँपालिका-४ स्थित पर्यटकिय भुजुङगाउँ। यो गाउँ घरबासका लागि प्रख्यात छ। तस्बिर : जनक श्रेष्ठ/ रासस
आजका तस्बिर- भदौ १८
भैरवस्थानको बस्ती ।  ड्रोन क्यामराबाट खिचिएको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका -४ भैरवस्थानको बस्ती र आसपासको क्षेत्र। तस्बिरः सुरेश आचार्य / रासस
आजका तस्बिर- भदौ १८
छुसाङको नर्साङखोलामा निर्माण भएको मोटरेबल पुल ।  चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङस्थित नरसिङ खोलामा निर्माण भएको मोटरेबल पुल। जोमसोमदेखि कागबेनी छुसाङ उपल्लो मुुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने सडकअन्तर्गत रहेको नरसिङ खोलामा ९० मिटर लामो मोटरेबल पुल निर्माण भएको हो। तस्बिरः सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस्