आजका तस्बिर-भदौ २१
आजका तस्बिर-भदौ २१
‍पशुपतिमा तिज ।  हरितालिका तिजको अवसरमा शुक्रबार बिहान काठमाडौंको पशुपतिनाथमा दर्शनार्थीहरू। पानी परेका कारण बिहान दर्शनार्थीहरू कम देखिएपनि पानी रोकिएपछि भीड लागेको छ। तस्बिरः नेपाल फोटो लाइब्रेरी।
आजका तस्बिर-भदौ २१
बसन्तपुरमा तिज ।  बसन्तपुर दरबार क्षेत्रमा रहेको मख्खन पशुपतिमा पनि तीजको व्रत बस्ने श्रद्दालुको भीड लागेको छ । सानो पशुपति समेत भनिने मख्खन पशुपतिमा बिहानैदेखि वर्तालुहरू पुगेका छन्। तस्बिरः नेपाल फोटो लाइब्रेरी।
आजका तस्बिर-भदौ २१
चराको कला ।  दाङको तुलसीपुर उपमहानगरपालिका -१२ स्थित टरिगैंमा मानबहादुर केसीको पोल्ट्री फार्ममा तोप चराले बनाएको गुँड। तस्बिर कुलदीप न्यौपाने/रासस
आजका तस्बिर-भदौ २१
चरिचरन ।  जाजरकोटको बारेकोट गाउँपालिका–४ चाखुरेपाटनमा चराउन लगिएको भेडा । तस्बिरः हेमन्त केसी/रासस
आजका तस्बिर-भदौ २१
जहाजभित्रै रेस्टुरेन्ट ।  लमजुङ दरबार जाने बाटो छेउमा रहेको लमजुङ बेँसीसहर नगरपालिका वडा नं ३ दनाई गाउँ नजिकै एक स्थानीयले ग्राहकलाई आकर्षण गर्न जहाजको बडीभित्रै रेस्टुरेन्ट सञ्चालन गर्दै र पृष्ठभूमिमा देखिएको बेँसीसहर बजार। तस्बिरः जनक श्रेष्ठ/रासस
आजका तस्बिर-भदौ २१
अम्रिसोको कुचो ।  सुनसरीको धरान उपमहानगरपालिका-११ मङ्गलबारे बजारमा आज शुक्रबार बिक्रीको लागि राखिएको अम्लिसोको कुचो । अम्लिसोको कुचो रु ४५ रुपैया देखि रु ६० रुपैयाँ सम्ममा बिक्री गरिँदै आएको व्यापारी बताउछ्न । तस्बिर: संगीता राई/रासस
प्रतिक्रिया दिनुहोस्