आजका तस्बिर- भदौ २७
आजका तस्बिर- भदौ २७
पोखरीमा ढकमक्क फूल ।  जलेश्वर नगरपालिका -८ स्थित गाेतमान सागर (पाेखरी) मा ढकमक्क फुलेका फूल। तस्बिर: सञ्जीतकुमार मण्डल/रासस
आजका तस्बिर- भदौ २७
उपल्लो मुस्ताङका किसान गहुँ काट्दै ।  उपल्लो मुस्ताङमा पर्ने लोमान्थाङ गाउँपालिकाको समजुङका किसान आधुनिक उपकरणको सहायताले गहुँ बाली काट्दै । उपल्लो मुस्ताङका किसानलाई गहुँ, फापर, तोरी, उवा लगायत बाली भित्र्याउने चटारो छ। आधुनिक उपकरणको प्रयोगबाट खेत बारीमा बाली लगाउन र भित्र्याउन सहज भएको छ। तस्बिर: सन्तोष गौतम/रासस
आजका तस्बिर- भदौ २७
बाँध निर्माण ।  कञ्चनपुर–राजविराज सडकखण्ड जोड्ने सप्तरीको मोहुली खोलामा आएको बाढी र पहिरोबाट सुरक्षित रहन बाँध निर्माण गरिँदै। तस्बिरः अरूणकुमार यादव/रासस
आजका तस्बिर- भदौ २७
निर्माणाधीन लुम्बिनी प्रदेशका कार्यालय भवन ।  निर्माणाधीन लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १० वटा प्रशासनिक भवन। तस्बिरः रञ्जिता अधिकारी/रासस
आजका तस्बिर- भदौ २७
आँधीखोला र हरियाली धान खेत ।  स्याङ्जाको वालिङ-११ डौंवास्थित हरियाली धान खेत। आँधीखोलाको किनारमा फैलिएको उक्त फाँट धान खेतीका लागि 'पकेट' क्षेत्र पनि हो। तस्बिर: तोलाकान्त बगाले/ रासस
प्रतिक्रिया दिनुहोस्