आजका तस्बिर- असोज २
आजका तस्बिर- असोज २
भेडाको बथान र पुथा हिमाल ।  ढोरपाटन सिकार आरक्षमा पर्ने बुकीपाटनबाट देखिएको भेडाका बथान र पुथा हिमाल। बुकीपाटनमा रमाउन र हिमश्रृङ्खलाको अवलोकन गर्न पछिल्लो सय पर्यटक बुकी पुग्न थालेका छन्। तस्बिर: डम्मर बुढामगर/रासस
आजका तस्बिर- असोज २
ढल्केवर चोक ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको ढल्केवर चोकको दृश्य। तस्बिरः अमरेन्द्रकुमार यादव/रासस
आजका तस्बिर- असोज २
धौलागिरी 'आइसफल' ।  मुस्ताङको थासाङ गाउँपालिका–२ मा ह्याण्डिङ डाँडाको टुप्पोमा रहेको धौलागिरी 'आइसफल' क्षेत्रको दृश्य। तस्बिर: कमल खत्री/रासस
आजका तस्बिर- असोज २
प्रयोगविहीन झोलुंगे पुल ।  दाङको राजपुर गाउँपालिकाको गङ्गदी र लमही नगरपालिका-९ रिहार जोड्ने राप्ती नदीमा बनेको प्रयोगविहीन झोलुङ्गे पुल। नजिकै मोटरेवल पुल निर्माण भएपछि अहिले यो पुल प्रयोगविहीन भएको छ। तस्बिरः दीपक बोहरा/रासस
आजका तस्बिर- असोज २
दरबारमार्ग आसपास सवारी जाम ।  काठमाडौंका मुख्य सडकहरूमा सवारी जाम भएको छ।दरबारमार्ग सडक बन्द हुँदा आसपास क्षेत्रमा सवारी साधन जाममा परेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- असोज २
विश्वकर्मा पूजापछि मूर्ति विसर्जन गरिँदै ।  विश्वकर्मा पूजापछि विश्वकर्माको मूर्ति बागमती खोलामा विसर्जन गर्दै भक्तजनहरू। तस्बिरः नारायण महर्जन/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्