आजका तस्बिर- कात्तिक ५
आजका तस्बिर- कात्तिक ५
चरिचरनमा चर्दै गरेका चौँरी ।  डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–७ ‘कु’ गाउँमा चर्दै गरेका चौँरी। हिमाली क्षेत्रमा ढुवानी गर्ने मुख्य यातायातका साधनका रूपमा चौँरीको प्रयोग गर्ने गरेको पाइन्छ। तस्बिरः हेमन्त केसी/रासस
आजका तस्बिर- कात्तिक ५
स्याङ गाउँ र निलगिरी हिमाल ।  मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ गाउँ र पृष्ठभूमिमा निलगिरी हिमाल। प्राकृतिक सौन्दर्यताले भरिपूर्ण स्याङ गाउँको आफ्नै मौलिक परम्परा, धार्मिक, सांस्कृतिक र ऐतिहासिक विशेषताका कारण पर्यटक आकर्षित हुने गरेका छन्। तस्बिरः सुशील थकाली/रासस
आजका तस्बिर- कात्तिक ५
छठका लागि बाँसका ढाकी ।  सुनसरीको इनरुवा नगरपालिका–३ स्थित सोमबारे हटियामा छठ पर्व लक्षित बिक्री गर्न राखिएका बाँसबाट निर्मित ढाकीलगायतका सामग्री । ढाकी स्थानीय बजारमा दुई सय ५० देखि तीन सय ५० रुपैयाँसम्म बिक्री हुने व्यापारी बताउँछन्। तस्बिरः नवीन गड्तौला/रासस
आजका तस्बिर- कात्तिक ५
हिमश्रृङ्खलाको दृश्य ।  ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिर परिसरबाट सोमबार देखिएको हिमश्रृङ्खलाको दृश्य। तस्बिर: सन्तोष पुर्कुटी/रासस
आजका तस्बिर- कात्तिक ५
खण्डहर बन्यो भोपूर दरबार ।  बझाङका ५३औँ राजा गजराज सिंहले आफ्ना छोरा भूपेन्द्र सिंहका लागि निर्माण गरेको भोपूर दरबार । यो दरबार वि.सं १९१५ तिर निर्माण गरिएको मानिन्छ । एक सय ६६ वर्ष पुरानो यो दरबार अहिले खण्डहर बनेको छ। १० कोठे भोपूर दरबारमा गजराजपछि जयपृथ्वीबहादुर बाहेकका सबै राजाहरूले राजकाज चलाएका थिए। तस्बिर: भूमिराज पिठातोली/रासस
प्रतिक्रिया दिनुहोस्