धान सुकाउँदै भक्तपुरका किसानहरू । भक्तपुरको योंसिखेलका किसानहरू नयाँ धान भित्राउन व्यस्त देखिन्छन्। लक्ष्मीपूजामा नयाँ धान चढाउनका लागि पनि भक्तपुरका किसानहरू यतिबेला धान भित्र्याउन लागिपरेका हुन्। तस्बिर: नेपाल फोटो लाइब्रेरी
खुर्कोटमा बेलिब्रिज जडान कार्य सम्पन्न । सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली जोड्ने पक्की पुलको आधा भाग सुनकोशी नदीमा आएको बाढीले बगाएपश्चात् पुनर्निर्माणमा खटिएका नेपाली सेनाको टोलीद्वारा सम्पन्न बेलिब्रिज जडान । सो कार्य सम्पन्नसँगै आजबाट यातायात सञ्चालन भएको छ। सौजन्य तस्बिरः नेपाली सेना/रासस
ग्रिनताल र पृष्ठभूमिमा अन्नपूर्ण । मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङमा अवस्थित तीन हजार मिटर उचाइमा रहेको ग्रिनताल र पृष्ठभूमिमा अन्नपूर्ण दोस्रो हिमाल। तस्बिरः नवीन लामिछाने/रासस
फेरीबाट यात्रुबाहक सवारी तारिँदै । सङ्खुवासभाको खाँदबारी नगरपालिका र भोजपुरको षडानन्द नगरपालिका जोड्ने सतिघाट हुँदै बग्ने अरुण नदीमा फेरीबाट यात्रुबाहक सवारी तारिँदै । नदीमा पानीको बहाव बढेपछि जेष्ठ ३१ देखि बन्द भएको फेरी पुनःसञ्चालनमा आएपछि भोजपुरको षडानन्द नगरपालिका र साल्पासिलिच्छो गाउँपालिकाका स्थानीयलाई आवतजावत गर्न सहज भएको छ। तस्बिरः सुजन बज्राचार्य/रासस