आजका तस्बिर- कात्तिक १२
आजका तस्बिर- कात्तिक १२
गिद्ध संरक्षण पार्क ।  पाल्पा रामपुर नगरपालिका ८ स्थित खेरेनी सामुदायिक वनमा निर्माण गरिएको गिद्ध (जटायु) संरक्षण पार्कमा बनाइएको गिद्धको प्रतिमा। पार्कभित्र गिद्धको प्रतिमा बनेपछि अवलोकन गर्न जानेको संख्या बढ्दो छ। तस्बिर: सुशीला रेग्मी/रासस
आजका तस्बिर- कात्तिक १२
मार्सी धान खेती ।  जुम्लाको तातोपानी गाउँपालिका-२ स्थित तिला नदीको किनारमा मार्सी धान खेती गरेको फाँट। धान पाकेपछि अहिले यहाँका किसानलाई घरमा धान भित्र्याउने चटारो छ। तस्बिर: विजय रावत/रासस
आजका तस्बिर- कात्तिक १२
जोमसोम बजार ।  मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोम बजार। पछिल्लो समय बजारमा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको संख्या बढ्दै गएको छ। तस्बिर: सुशील थकाली/रासस
आजका तस्बिर- कात्तिक १२
चैनपुरको करूवा पार्क ।  कोशी रोजमार्गअन्तर्गत सङ्खुवासभाको चैनपुर नगरपालिका–६, जिरो पोइन्टमा राष्ट्रिय झण्डाले सजाइएको चैनपुरे करूवा पार्क। उक्त नगरपालिकाले यो करूवा करिब रू. २० लाखको लागतमा निर्माण गरेको हो। तस्बिरः भविन कार्की/रासस
आजका तस्बिर- कात्तिक १२
मकै ।  सङ्खुवासभाको चैनपुर नगरपालिका–२, हात्ती ढुङ्गेस्थित ताङ्लेवाका स्थानीयले बार्दलीमा झुण्डाएर राखेको मकै। घुन, पुतली, कीराबाट सुरक्षित राख्न मकै बार्दलीमा भुण्ड्याइएको हो। तस्बिरः भविन कार्की/रासस
आजका तस्बिर- कात्तिक १२
लक्ष्मीपूजाका लागि बत्ती राखेर फ्रेम बनाउँदै ।  कीर्तिपुरको नयाँ बजारमा लक्ष्मीपूजाका लागि बत्ती राखेर फ्रेम बनाउँदै ४३ वर्षीय अशोक ठाकुर। उनी साइजअनुसार पाँच सय रुपैयाँदेखि एक हजार पाँच सय सम्ममा बिक्री गर्छन्। तस्बिरः नारायण महर्जन/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्