माछा मार्दै । पूर्वपश्चिम लोकमार्गअन्तर्गत सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–४ मा बाढीको पानी सुकेपछि माछा मार्दै स्थानीयबासी। तस्बिरः अजितकुमार झा/रासस
भाइटीका फूल किन्दै स्थानीय बासिन्दा । संखुवासभाको खाँदबारी बजारमा भाइटीकाका लागि शुक्रबार बिहान बिक्रीका लागि राखिएको सयपत्री र मखमली फूल खरिद गर्दै स्थानीय ग्राहक। तस्बिरः सुजन बज्राचार्य/रासस
ढुङ्गे धारा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-१ स्थित कागेश्वरी मन्दिर परिसरमा रहेको ढुङ्गे धारा। तस्बिर: हरिराम भेटुवाल/रासस
भुइँकटहरको प्रतिमा । गुल्मीको मदाने गाउँपालिका–०७ तिखेचुलीमा निर्माण गरिएको पोखरीसहित भुइँकटहरको प्रतिमा । तस्बिर : हुमाकान्त पोखरेल/रासस
सुनसान सडक । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको समयमा काठमाडौंका सडकहरू सुनसान। शुक्रबार दिउँसो नयाँ बानेश्वर–माइतीघर सडकमा छिटफुट चलेका सवारी साधन। तस्बिरः सुरज घिमिरे/रासस