छठको प्रसाद । छठ पर्वको अवसरमा बिहीबार साँझ ब्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिनका लागि आज बिहानै जनकपुरधाम उपमहानगरपालिका-९ स्थित गोरधोइ पोखरीमा प्रसाद राख्दै । तस्बिर: निरंजनकुमार साह/ रासस
कोइला भण्डारण । दाङको घोराही उपमहानगरपालिका-१९ राम्चेस्थित कोइलाखानीबाट सप्तश्री खनिज उद्योगले ल्याएर घोराही १४ कपासीमा भण्डार गरेर राखेको कोइला । दाङको पहाडी गाउँको खानीबाट निकालेको कोइला कपासिमा भण्डार गरेर बिक्री गर्ने गर्दछन् । तस्बिर : कुलदीप न्यौपाने/ रासस
पुनर्निर्माण गरिएको अछाम दरबार । वि.सं. २०५८ फागुन ४ गते तत्कालीन विद्रोही नेकपा (माओवादी)ले अछामको सदरमुकमाम मङ्गलसेनमा गरेको आक्रमणका क्रममा ध्वस्त बनेको अछाम दरबार करिब २३ वर्षपछि पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ। तस्बिरः सुशील भण्डारी /रासस
मूर्तिकला । मोरङको उर्लाबारी नगरपालिका-४ स्थित मूर्तिकला केन्द्रमा बिक्रीका लागि मूर्तिकारले बनाएका मूर्तिहरु । यहाँ ढुङ्गा, धातु, फाइबर, सिमेन्ट, काठलगायतबाट मूर्ति तथा शिलालेख बनाइन्छ । तस्बिर : मणिराम दाहाल / रासस
गंगासागर र धनुषसागर । धनुषाको जनकपुरधामस्थित गङ्गासागर र धनुषसागर पोखरी साथै पृष्ठभूमिमा हिन्दूहरुको आस्थाको केन्द्र जानकी मन्दिरको दृश्य । छठ पर्वका अवसरमा यहाँका पोखरी, तलाउलगायतका छठ घाट सरसफाइ गरी सिँगारिएको छ । तस्बिरः अमरेन्द्रकुमार यादव/रासस