बराह ताल र हिमालको प्रतिबिम्ब । म्याग्दीको मालिका गाउँपालिका- १ मा पर्ने निस्कोट गाउँको शिरानमा रहेको आर्कषक बराह ताल र तालमा देखिएको धौलागिरी र निलगिरी हिमालको प्रतिबिम्ब (छायाँ)। तस्बिर: ध्रुवसागर शर्मा/रासस
जिपलाइनमा सवार गर्दै अन्तरिक पर्यटक । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ स्थित हवेलीमा शनिबार नगरकोटमा जिपलाइनमा सवार गर्दै अन्तरिक पर्यटक। तस्बिरः हरिराम भेटुवाल/रासस
पहाड र अपि हिमाल । बैतडीको शैल्यशिखर नगरपालिका-९ स्थित गोकुलेश्वरबाट देखिएको पहाड र अपि हिम शृङ्खलाको दृश्य। तस्बिर: किरणराज बिष्ट/रासस
राका गाउँ र तिला नदी । जुम्लाको तातोपानी गाउँपालिका-१ स्थित राका गाउँ र गाउँ तल रहेको तिला नदी । तस्बिर : सुरेश आचार्य / रासस
भकारी बिक्री गर्न हिँडेका महिला उद्यमी । धादिङबाट धुन्से–भकारी बिक्रीका लागि शनिबार नुवाकोटको त्रिशूलीमा आएका महिला उद्यमीहरू। बाँसको चोया र निगालोबाट बनेका हस्तकलाका सामग्री गुणस्तरीय हुने हुँदा गाँउघरमा यसको माग धेरै छ भने विक्रीबाट हुने नाफाले उद्यमीलाई पनि आर्थिक उपार्जनमा सहयोग पुगेको छ। तस्बिरः रामहरि न्यौपाने/रासस