आजका तस्बिर- मंसिर ४
आजका तस्बिर- मंसिर ४
झरना ।  डोल्पा जिल्लामा अवस्थित शे-फोक्सुण्डो तालबाट निस्केको झरना। शे-फोक्सुण्डो तालसँगै यो झरना अवलोकन तथा मनोरञ्जन लिनको लागि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आएको छ। तस्बिर: लेखबहादुर बुढा/रासस
आजका तस्बिर- मंसिर ४
पशु चौपायालाई खानाको जोहो ।  छायानाथ रारा नगरपालिका-५ कार्कीवाडा गाउँका स्थानीयहरूले हिउँदमा घरपालुवा पशु चौपायालाई खुवाउन घरको छतमा जोहो गरेर राखेका नल, पराल। तस्बिर:नृपेन्द्रबहादुर मल्ल/रासस
आजका तस्बिर- मंसिर ४
दाङको गुर्जे गाउँ ।  दाङको घोराही उपमहानगरपालिका-१२ स्थित तोरी फुलेर पहेँलपुर देखिएको हापुरको गुर्जे गाउँ। बाहुन, छेत्री, मगर तथा दलित समुदायको बसोबास रहेको गुर्जे गाउँमा दुई सय बढी घरधुरीको बसोबास रहेको छ। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- मंसिर ४
रामथाङ पिक ।  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ रामथाङ क्षेत्रको समुद्र सतहदेखि चार हजार छ सय मिटर उचाइबाट देखिएको रामथाङ पिक हिमालको मनोरम दृश्य। तस्बिरः दिलकुमार लिम्बू/रासस
आजका तस्बिर- मंसिर ४
च्याउकोट ।  सिन्धुलीको कमलामाई नगरपालिका-४ स्थित च्याउकोट। अग्लो स्थानमा रहेको यहाँबाट जिल्लाको विभिन्न क्षेत्रको रमणीय दृश्य देख्न सकिन्छ। तस्बिर: राधिका बुढाथोकी/रासस
प्रतिक्रिया दिनुहोस्