धरहराबाट एनपिएलको ट्रफी सार्वजनिक । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी सार्वजनिक गरिएको छ। सोमबार बिहान धरहरा परिसरबाट प्रधानमन्त्री केपी शर्मा ओलीले एनपिएलको ट्रफी सार्वजनिक गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
फाँट । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा आधार शिविर जाने पदमार्गमा पर्ने खाम्बाचेन क्षेत्रका फाँटहरू। तस्बिरः दिलकुमार लिम्बू/रासस
जीर्ण अवस्थामा घर । कालिकोटको तिलागुफा नगरपालिका–६ खल्लागाडस्थित तिला नदीको किनारमा जीर्ण अवस्थामा रहेका घरहरू। पछिल्लो समय बसाइँ सरी सहरी क्षेत्रमा जान थालेपछि गाउँका घरहरू जीर्ण बन्दै गइरहेका छन्। तस्बिरः सुरेश आचार्य/रासस
विद्यालय चौरमा बसेर पढ्दै विद्यार्थी । चिसो बढेसँगै विद्यालय परिसरमा घाममा बसेर पढ्दै बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित ज्योति विकास माध्यमिक विद्यालयका बालबालिका। तस्बिरः डम्मर बुढामगर/रासस
फुङफुङे झरनामा रमाउँदै पर्यटक । ताप्लेजुङ साँवास्थित चट्टाने पहाडको कापमाथिबाट झरेको फुङफुङे झरनामा रमाउँदै पर्यटक। यहाँ आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बढ्दो छ। तस्बिर: सन्तोष पुर्कुटी/रासस