आजका तस्बिर- मंसिर १९
आजका तस्बिर- मंसिर १९
आकाशमा झुण्ड बनाएर उड्दै मैनाचरी ।  कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकको रानीपुर क्षेत्रको आकाशमा झुण्ड बनाएर उड्दै गरेका मैनाचरी। तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस
आजका तस्बिर- मंसिर १९
माङसेबुङमा धार्मिक पर्यटक ।  इलामको माङसेबुङ गाउँपालिका -५ मा किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’को ७१ औं जन्मोत्सव समारोहका अवसरमा आयोजित धार्मिक उत्सवमा मङ्गलबार राति उपस्थित पर्यटक। किरात धर्मावलम्बीहरूको आस्थाको रूपमा परिचित माङसेबुङमा यतिबेला धार्मिक पर्यटकको घुइँचो लागेको छ। तस्बिर: रामकुमार लिम्बू/रासस
आजका तस्बिर- मंसिर १९
हिमनदीले कोरेको जोखिमपूर्ण मार्ग ।  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ स्थित गुम्भर्गण (फक्ताङलुङ) हिमालमको आधार शिविर क्षेत्रमा हिमनदीले कोरेको जोखिमपूर्ण मार्ग। पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमताल फुट्ने जोखिम र हिमनदी गहिरो हुँदै जाने क्रम बढेसँगै हिमाली क्षेत्रहरू थप जोखिममा पर्दै गएका छन्। तस्बिरः दिलकुमार लिम्बू/रासस
आजका तस्बिर- मंसिर १९
बजार लैजान थुपारिएको सुन्तला ।  बिक्रीका लागि नेपालगञ्ज लैजान अछामको तुर्माखाद गाउँपालिकाका–७, तोसीका किसानहरूको बारीबाट संकलन गरिएको सुन्तला। यहाँका किसानको बारीमा सुन्तला पाकेपछि नेपालगञ्जबाट व्यापारीहरू आएर बारीबाटै किनेर लैजाने गर्छन्। तस्बिरः सुशील भण्डारी/रासस
प्रतिक्रिया दिनुहोस्