आजका तस्बिर-मंसिर २२
आजका तस्बिर-मंसिर २२
धौलागिरि हिमाल ।  मुस्ताङको थासाङ गाउँपालिका–३ लेते खोला नजिकैबाट लिइएको धौलागिरि हिमाल। बदलिँदो मौसम परिवर्तनको असरको कारण हिउँदमा समेत धौलागिरि हिमालमा हिउँ खासै देखिको छैन। तस्बिरः सुशीलबाबु थकाली/रासस
आजका तस्बिर-मंसिर २२
पराल ओसार्दै किसान ।  सुनसरीको इनरुवा नगरपालिका–४ मा शनिबार पराल ओसार्दै किसान। धान थन्क्याएपछि यतिबेला किसानलाई पराल व्यवस्थापन गर्ने चटारो छ। तस्बिरः नवीन गड्तौला/रासस
आजका तस्बिर-मंसिर २२
अष्टमणि चैत्य ।  पर्यटकीयस्थल पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ स्थित पेमाछल उद्यान केन्द्र नागीथाम डाँडामा अवस्थित अष्टमणि चैत्य। उद्यान केन्द्रमा संग्रहालय पनि बन्न लागेको छ। तस्बिरः देवराज सुवेदी/रासस
आजका तस्बिर-मंसिर २२
ड्याम निर्माणस्थल ।  सुर्खेतको भेरीगंगा नगरपालिका-११ चिप्लेमा रहेको राष्ट्रिय गौरवको आयोजना भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको ड्याम निर्माणस्थल। तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर-मंसिर २२
लटरम्म फलेको गोलभेंडा ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ स्थित खेतबारीमा व्यावसायिक रूपमा गरिएको गोलभेंडा खेतीमा बिक्रीका लागि पाकेका गोलभेंडा छानेर टिप्दै किसान। तस्बिर: राजेन्द्रप्रसाद पनेरू/रासस
प्रतिक्रिया दिनुहोस्