आजका तस्बिर-मंसिर २३
आजका तस्बिर-मंसिर २३
इट्स माउन्ट एभरेष्ट! ।  एनपिएलमा कर्णाली याक्सबाट खेल्न आएका शिखर धवन सगरमाथा आधार शिविर पुगेपछि फोटो खिच्दै। भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वओपनर धवन आइतबार हेलिकप्टरमार्फत सगरमाथा आधार शिविर पुगेका हुन्। उनी आजै भारत गइसकेका छन्। 
आजका तस्बिर-मंसिर २३
दमक व्यापारिक कम्प्लेक्स ।  झापाको दमक नगरपालिका–३, दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्स । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन भएको सो १८ तले कम्प्लेक्स एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार रुपैयाँ लागतमा बनेको हो। चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको नेपालकै अग्लो टावर रहेको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा रहेकोछ। तस्बिरः प्रधानमन्त्रीको सचिवालय/ रासस
आजका तस्बिर-मंसिर २३
धारापानी गाउँसँगै पृष्ठमूमिमा धौलागिरि हिमाल ।  बागलुङ नगरपालिका–६ स्थित धारापानी गाउँसँगै पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल। तस्बिरः खेमराज गौतम/ रासस
आजका तस्बिर-मंसिर २३
चिप्ले गाउँ र आसपासको क्षेत्र ।  सुर्खेतको भेरीगंगा नगरपालिका–११ मा रहेको भेरी नदी तथा नदी किनारमा रहेकी चिप्ले गाउँ र आसपासको क्षेत्र। तस्बिरः सुरेश आचार्य/ रासस
प्रतिक्रिया दिनुहोस्