डोटीको बडिकेदारमा हिमपात । डोटीको बडिकेदार गाउँपालिकामा हिउदे वर्षासँगै हिमपात भएपछि सेताम्मे देखिएका बस्ती। तस्बिर: चक्र मल्ल /रासस
उड्दै गरेका कलहाँस । बेलौरी नगरपालिका-६ स्थित पुरैनी ताल नजिक उड्दै गरेका कलहाँसको बथान। उत्तरी ध्रुव (साइवेरिया लगायतका ठाउँहरु)मा चिसो बढेसँगै यी चराहरू प्रत्येक वर्ष हिउँदको मौसममा यहाँ आइपुग्ने गर्दछन्। गर्मी सुरू नहुँदै यी चराहरू पुनः साइबेरीयातर्फ फर्कने गर्दछन्। तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस
जलविहार गर्दै कलहाँस । बेलौरी नगरपालिका-६ स्थित पुरैनी तालमा जलविहार गर्दै कलहाँसको बथान। उत्तरी ध्रुव (साइबेरिया लगायतका ठाउँहरू) मा चिसो बढेसँगै यी चराहरू प्रत्येक वर्ष हिउँदको मौसममा यहाँ आइपुग्ने गर्दछन्। गर्मीसुरू नहुँदै यी चराहरू पुनः साइबेरियातर्फ फर्कने गर्दछन्। तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस