विमानस्थलको हिउँ पन्छाउँदै । हवाई सेवा सञ्चालनमा ल्याउन सिमकोट विमानस्थलको हिउँ पन्छाउँदै सुरक्षाकर्मीको टोली। हुम्लामा आइतबार रातीदेखि सोमबार दिउँसोसम्म हिमपात भएपछि विमानस्थल लगायतका क्षेत्रमा हिउँ जमेको छ। तस्बिर: दाने बोहरा/रासस
हिमपात । कालीकोटको तिलागुफा नगरपालिका–४ राँचुलीस्थित परेको हिमपात। हिमाली क्षेत्रका विभिन्न ठाउँमा हिमपात भएपछि यहाँका स्थानीयको जनजीवन निकै प्रभावित भएको छ । तस्बिरः मिमबहादुर रावल/रासस
भैरवी मन्दिर । पहाडको चुचुरोमा रहेको ऐतिहासिक महत्व बोकेको भैरवी मन्दिर। धादिङको नीलकण्ठ नगरपालिका– ६ मा रहेको यो मन्दिर पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनेको छ। तस्बिरः शंकर श्रेष्ठ/रासस
कलात्मक प्रवेशद्वार । त्रिधार्मिकस्थल खोटाङको हलेसी नजिकै रहेको ढुङ्गे बगैँचा (रक गार्डेन) मा निर्माण गरिएको कलात्मक प्रवेशद्वार। स्थानीय चाम्लिङ राई भाषामा बुङालुङ नाम दिइएको ढुङ्गे बगैँचा पर्यटकको रोजाइमा पर्ने गरेको छ। तस्बिरः केदार मगर/रासस
सेताम्मे डाँडा । हिमपातपछि बाजुराको मार्तडीबाट देखिएको गौमुलको डडुल्ले र भण्डारथुम डाँडाको सेताम्मे दृश्य। तस्बिर: प्रेम रौले/रासस