मल छर्दै किसान । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ का किसान गहुँ खेतीमा रासायनिक मल युरिया छर्दै। गहुँ छरेको २० देखि २२ दिनको अवधिमा खेतमा सिँचाइ गरेपछि किसानले युरिया छर्ने गरेका छन्। तस्बिरः राजेन्द्रप्रसाद पनेरू/रासस
सेतो गुम्बा । काठमाडौं नागार्जुन नगरपालिका-६ स्थित डाँडागाउँमा रहेको सेतो गुम्बा र आसपासको दृश्य। पछिल्लो समय यो गुम्बा अवलोकन गर्न आउने पर्यटकको संख्या बढ्दो छ। तस्बिर: हरिराम भेटुवाल/रासस
तरूलको तौल लिँदै । सर्लाहीको बागमती नगरपालिका–५ स्थित खेतमा किसानले खनेको तरुलको तौल लिँदै स्थानीय व्यापारी। तरुल खेतबाटै प्रतिकिलो रु ३५ देखि रु ५५ सम्ममा बिक्री हुने किसान बताउँछन्। तस्बिरः सिंगबहादुर थापा/रासस
सेती नदीको मुहान । बझाङ जिल्लाको साइपाल हिमालबाट बग्ने सेती नदीको मुहान। समुद्री सतहबाट चार हजार ४०० मिटर उचाइमा रहेको यस क्षेत्रमा हिमपहिरोले बनाएको बाटोबाट सेती नदीको मुहान सुरू हुने गर्छ। तस्बिर: भूमिराज पिठातोली/रासस