चियाबारी । इलामको देउमाई नगरपालिका -३ मा अवस्थित पर्यटकीय क्षेत्र पानीटार चियाबारी । पछिल्लो समय पर्यटकको मुख्य आकर्षणको नयाँ गन्तव्य बनेको पानीटार चिया बगान हिउँदको समयमा आन्तरिक तथा वाह्य पर्यटक मनोरञ्जन लिन यहाँ आउने गर्छन् । तस्बिःरामकुमार लिम्बू/रासस
ड्रागन बोट रेस फेस्टिभलमा प्रतिस्पर्धा गर्दै । नेपाल र छिमेकी मुलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने उद्देश्यले पोखराको फेवातालमा आइतबारदेखि सुरू भएको दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’मा प्रतिस्पर्धा गर्दै खेलाडी। प्रतियोगितामा चीनको आठ, सिंगापुरको एक र नेपालका ११ टोलीको सहभागिता छ। तस्बिरः युवराज श्रेष्ठ/ सेतोपाटी
जाडो छल्न आएको जलेवा । दाङको घोराही उपमहानगरपालिका–१७ स्थित कर्जाही जलाशयमा जाडो छल्न आएका जलेवा चरा। दक्षिणपूर्वी युरोप तथा मध्य एसियाबाट हिउँ छल्न जलेवा पाहुना बनेर नेपाल आउने गर्छन्। तस्बिरःकुलदीप न्यौपाने/रासस
बर्दियामा देखिएका कृष्णसारका बथान । कृष्णसार संरक्षण क्षेत्र खैरापुर, बर्दियामा देखिएका कृष्णसारको बथान। हाल संरक्षणमा २२४ कृष्णसार रहेको छ। तस्बिरः प्रदीपराज वन्त/रासस
चरनका लागि मौरी । मोरङको बेलबारी नगरपालिका–९, नलबारीमा ढकमक्क फुलेको तोरीखेतीमा चरनका लागि राखिएको घारसहित मौरी। तस्बिरः विवेक मिश्र/रासस
योमरी बनाउँदै महिला । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले मध्यपुरको थिमिमा आयोजना गरेको तीन दिने मध्यपुर महोत्सवमा आज बिक्रीका लागि योमरी बनाउँदै स्थानीय महिला। तस्बिर: हरिराम भेटुवाल/रासस