आजका तस्बिर- पुस १५
आजका तस्बिर- पुस १५
तिम्बुङ पोखरी ।  ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित धार्मिक तथा पर्यटकीयस्थल तिम्बुङ पोखरीको रमणीय दृश्य। तस्बिर: सन्तोष पुर्कुटी/रासस
आजका तस्बिर- पुस १५
कुहिरोले ढाकेको मङ्गगलसेन ।  अछामको मंगलसेन नगरपालिका-६ ठुलासैनबाट सोमबार बिहान कुहिरोले ढाकेको अछाम सदरमुकाम मंगलसेन लगायत आसपासको क्षेत्र। तस्बिर: सुशील भण्डारी/रासस
आजका तस्बिर- पुस १५
फेवातालमा ‘ड्रागन बोट रेस फेस्टिभल’ ।  पोखरामा दोस्रो संस्करणको जारी ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’मा सोमबार पाँचसय मिटरको फाइनल खेलका लागि प्रतिस्पर्धा गर्दै चाइनिज टिम। तस्बिरः राधिका कँडेल/रासस
आजका तस्बिर- पुस १५
नुम्बुर हिमाल ।  सोलुखुम्बुको सल्लेरीबाट सोमबार बिहान देखिएको सोलुखुम्बुस्थित नुम्बुर हिमाल। ६ हजार ९५८ मिटर उचाइमा रहेको रहेको यस हिमालमा अहिले हिउँ रित्तिँदै गएको छ। तस्बिर: सुवास दर्नाल/रासस
आजका तस्बिर- पुस १५
साइपाल हिमाल ।  बझाङ जिल्लाको साइपाल गाउँपालिकास्थित साइपाल हिमाल। सात हजार ३१ मिटर उचाइमा रहेको यो हिमालको फेदीमा पुग्न जिल्ला सदरमुकाम चैनपुरबाट करिब ६ दिन पैदल हिँड्नुपर्छ। तस्बिर: भूमिराज पिठातोली/रासस
आजका तस्बिर- पुस १५
खलंगा बजार: ।  दाङ–रूकुम राप्ती राजमार्ग सडक क्षेत्रबाट देखिएको कर्णाली प्रदेशको एक जिल्ला रूकुम पश्चिमको खलंगा बजार क्षेत्र। तस्बिर: नारायण खड्का/सेतोपाटी ।
प्रतिक्रिया दिनुहोस्