लसुन स्तम्भ । मध्यपहाडी राजमार्ग अन्तर्गत सङ्खुवासभा र तेह्रथुमको सिमाना लालिगुराँस नगरपालिका -१ लसुनेमा निर्माण गरिएको लसुन स्तम्भ। तस्बिर: भविन कार्की/रासस
झोलुंगे पुल । पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थलमा रहेको प्रसिद्ध रिडिधाममा कालीगण्डकी नदीमा निर्माण गरिएको झोलुङ्गे पुल। यो पुलले तीन जिल्लालाई जोड्ने हुँदा यसलाई तीनमुखे पुल पनि भन्ने गरिन्छ। तस्बिर: सुशीला रेग्मी/रासस
माधवनारायण स्तम्भ । शंखरापुर नगरपालिका– ७ स्थित साँखुको धार्मिकस्थल शालीनदी क्षेत्रमा रहेको माधवनारायण स्तम्भ। तस्बिर: हरिराम भेटुवाल/रासस
रत्नेचौरको तोरीबारी । म्याग्दीको बेनी नगरपालिका–१स्थित रत्नेचौर। तोरी फुलेर मनमोहक बनेको रत्नेचौरको सुन्तरताले आन्तरिक पर्यटकलाई लोभ्याएको छ। तस्बिर: सन्तोष गौतम/रासस